Logo
Logo

बाराका विभिन्न उद्योगमा काम गर्ने कामदारहरू आन्दोलित


252
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतको लाइन काटिदिएपछि विभिन्न उद्योगका कामदारहरू आन्दोलित भएका छन् ।

आज (बुधबार) विहान बारा सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा काम गर्ने कामदारहरू आन्दोलित भएका हुन् ।

हिजो (मंगलबार)देखि जगदम्बा स्टिल उद्योगका कामदारहरू आन्दोलनमा उत्रिएका थिए । आज जिल्लाका अधिकांश उद्योगहरूमा काम गर्ने कामदारहरू सडकमा आन्दोलित भएका छन् ।

प्राधिकरणले विभिन्न उद्योगमा जडान गरिएको विद्युत् प्रसारण लाइन काटिदिएपछि आफ्नो गाँस खोसिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

बाराका विभिन्न उद्योगमा झन्डै सात हजार पाँचसय भन्दा बढीले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्