Logo
Logo

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सुझाव


315
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठकले अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

आज (बुधबार) बिहान बसेको उक्त मोर्चाको बैठकले संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संघीयता कार्यान्वयन नभएको भन्दै अध्यादेश ल्याएर भए पनि कार्यान्वयन गर्न सुझाव दिएको हो ।

मोर्चाले हालसम्म ४७ जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ । उसले बाँकी जिल्लामा पनि संगठन विस्तार गर्ने तयारीमा छ ।

बैठक आज साँझ पुनः बस्ने गरी टुंगिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्