Logo
Logo

एक करोड २५ लाख घुस लिएको आरोपमा उदयबहादुर पराजुली पक्राउ


6k
Shares

पोखरा । पोखरास्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्ध किरण अधिकारीको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध पुस ५ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पूर्वरजिस्ट्रार पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेको भएपनि फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्