Logo
Logo

त्रिपालमा बस्दै आएकी एक सुत्केरीको चिसोले मृत्यु


693
Shares

जाजरकोट । जाजरकोटमा अत्याधिक चिसोका कारण एक सुत्केरीको मृत्यु भएको छ । जाजरकोट कुशे गाउँपालिका–९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

अध्यक्ष बस्नेतका अनुसार त्रिपालमा बस्दै आएकी उनको चिसोकै कारण मृत्यु भएको हो । उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान बस्दै आएकी थिइन् ।

फाइल फोटो

केही दिनअघि विरामी भएकी उनको घरेलु उपचारले निको भैहाल्ला भनेर समयमा स्वास्थ्य संस्था नजाँदा घरमै मृत्यु भएको अध्यक्ष बस्नेतले बताए । यसअघि चिसोकै कारण तीन बालबालिकासहित २९ जना जाजरकोट र ५ जना रुकुम पश्चिमका गरी ३४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्