Logo
Logo

बस र क्रेन ठोक्किँदा १३ जनाको मृत्यु



काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गरेको बस र क्रेन एकापसमा ठोकिएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो । अन्य १७ जना घाइते भएका छन् ।

क्रेनसँग ठोक्किएर बस सडकबाट तल खसेको थियो । बसमा ३० जना यात्रु सवार रहेको र मृत्यु भएकाहरूको पहिचानका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएक छन् ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन् ।

यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन् । घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्