Logo
Logo

सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौती दियो


252
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो ।

सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् ।

त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन् । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन् ।

कोशी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक÷एक विकेट लिए । अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्