
हेटौँडा । हेटौँडाको आश्रममा रहेका दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा–९ मा रहेको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो ।
विसं. २०७६ मा बागलुङको सडक पेटीमा उद्धार गरी आश्रममा ल्याइएका अन्दाजी १९ वर्षीया पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया–३ हात्तिसुँडेस्थित बाटोबाट उद्धार गरी ल्याइएका २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजाको गत मंगलबार र अमितको आज (बिहीबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।














