Logo
Logo

युक्रेनमा रुसी आक्रमण- ३० जनाको मृत्यु, १६० भन्दा बढी घाइते



रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण सुरू गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए । आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् ।

उक्त आक्रमणबाट १६० जनाभन्दा बढी घाइते भएका छन् । मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ ।

आक्रमणमा प्रसूतिगृहलाई समेत निशाना बनाइएको छ । रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्