Logo
Logo

दोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त



काठमाडौं । पूर्वनौसेना कमाण्डर दोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त भएका छन् । यसअघिका रक्षामन्त्री ली साङ्फु बर्खास्त भएको दुई महिनापछि ६२ वर्षीय जुन रक्षामन्त्री नियुक्त भएका हुन् ।

उनको नियुक्तिको घोषणा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा गरिएको हो । गत जुलाईमा चिनियाँ विदेशमन्त्री चिन काङ पनि हटाइएका थिए । सरकारी मिसाइल सुरक्षा कम्पनीका तीन उच्च अधिकृतलाई पनि यसै साताको सुरुमा हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्