Logo
Logo

शीत लहरको चपेटामा उत्तरी भारत



उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१० डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली, राजस्थान र मध्ये प्रदेशका लगाएतका क्षेत्रको तापक्रम ७–१० डिग्री सेल्सियसको बीचमा रहेको बताएको छ । कडा चिसोले उत्तर भारतको विशाल भागलाई चपेटामा परेको छ । बाक्लो कुहिरोले शहरहरू ढाकेको छ ।

स्थानीयहरू न्यानोको लागि आगोको वरिपरि झुम्मिरहेको दुश्य देखिन्छ । उत्तर प्रदेशको प्रयागराज, जयपुर, राजधानी लगायतका शहरहरू शनिबार बिहान शित लहरसंगै बाक्लो कुहिरो लागेको थियो ।

पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, उत्तर राजस्थान लगायतका क्षेत्रमा बिहानी समयमा बाक्लो कुहिरो भारतको मौसम विज्ञान विभाग (आईएमडी) द्वारा कैद गरिएको थियो ।

मौसम विभागले डिसेम्बर ३० देखि जनवरी दुईसम्म जम्मू–कश्मीर–गिलगिट–बाल्टिस्तान– हिमाचल प्रदेश, उत्तराखण्डमा अधिक कुहिरो लाग्ने सम्भावना उल्लेख गरेको छ ।

बाक्लो कुहिरोका कारण यात्रुहरूले पनि कठिनाइको सामना गर्नुपरेको छ । धेरै उडान तथा रेलहरू कम दृश्यताका कारण ढिलो र परिवर्तन भएका छन् ।

स्रोतका अनुसार शनिबार बिहान ८ः३० बजेसम्म दिल्लीको आईजीआई एयरपोर्टमा मौसमको अवस्थाका कारण करिब ८० उडानहरू ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्