Logo
Logo

उत्तर कोरियाले सन् २०२४ मा थप ३ स्याटेलाइट प्रक्षेपण गर्ने



एजेन्सी । उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने घोषणा गरेको छ । आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यका साथ उत्तर कोरियाले अर्को वर्ष २०२४ मा थप तीनवटा स्याटेलाइट प्रक्षेपण गर्ने घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

नेता किम जोङ उनले सन् २०२४ मा दक्षिण कोरियासँगको आफ्नो देशको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ देख्ने बताएका छन् ।
उनले आफ्नो देशको दक्षिण कोरियासँग विलय अब सम्भव नभएको दाबी गरेका छन् । दक्षिण कोरियाले आफ्नो देशलाई शत्रुजस्तै व्यवहार गर्ने गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्