Logo
Logo

संयुक्त काव्यकृति ‘आमा लोकपर्ण



काठमाडौं । समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्तरुपमा तयार पारेका काव्यकृति ‘आमा’ आज लोकापर्ण गरिएको छ ।

आज यहाँ नेपाली लेखक सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदार भक्त माथेमाले कृतिको लोकार्पण गरेका हुन् ।

माथेमाले उक्त काव्य कृतिमा प्राकृतिक विम्ब समावेश भएकाले पुस्तक अत्यन्तै उपयोगी र पठनीय रहेको बताए । उनले विद्यालय तहदेखिनै विद्यार्थीमा साहित्यसम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताए ।

जम्मा ७९ पेजमा तयर गरिएको उक्त पुस्तकमा तीन कविहरुले तीन खण्डमा आमा शीर्षकका कविता लेखेका छन् । पुस्तकको मुल्य रु दुई सय ५० निर्धारण गरिएको छ ।

उक्त पुस्तकका लेखक एवं कवि तीर्थ श्रष्ठले संसारमा सबैभन्दा बढी बोलिने, खर्च गरिने र प्रिय शब्द आमा भएकाले यस शीर्षकमा नेख्नका लागि आफू कहिल्यै नथाक्ने बताउनुभयो । त्यस्तै अर्का लेखक शिव गौतमले आमाको स्पर्श र अभाव साथैसाथै रहिरहने बताए ।

सो अवसरमा कवि मञ्जुल, गौतम र श्रेष्ठको कवितामा सरल भाषामा लेखिएका गहन अनुभूति र विचार पाइने भएकाले आफूसहित तीनै जना मिलेर संयुक्तरुपमा काव्यकृति तयार पारी सार्वजनिक गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्