
काठमाडौं । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २–० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।
पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए । फ्रेन्च सुपर कप हरेक बर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ ।
पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औं पटक जितेको छ । २०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो ।टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।














