Logo
Logo

अरुण बहिरहेको छ



जे माने पनि
गङ्गा माने पनि
खोला माने पनि
फुङ्चु भने पनि
बुङ्चु भने पनि
तिब्बतको सिर भने पनि
नेपालको कोशी भने पनि
बराहको पूजा गर्न कसैले स्नान गरेको होस्
या यात्रामा फोहोर गरेर हिँडेको होस्
कामको खोजीमा भोजपुरबाट झर्दा
त्यो फुच्चेले तरेको अरुण नदी
अनवरत बहिरहेको
उसले आफूलाई जतिसुकै ठूलो ठानेको होस्
या जे सुकै बोलिरहेको होस्
अरुणको धर्म नै बहनु हो
समागम नहुन्ज्यालसम्म
जसले जे भने पनि
जसले जे गरे पनि
दासानुदासहरूरले मालिक रिझाउन
मुलुकलाई ऋण बोकाएर
डाइभर्सन नगरुन्जेल
आफैले बनाएको बाटोमा बहिरहने छ
अरुण बहिरहेको छ
म पनि अझै बहिरहेको छु
समागमको यात्रामा ।

प्रतिक्रिया दिनुहोस्