Logo
Logo

आशा लिम्बूको ‘अकल्पित मोडहरू’ बजारमा



काठमाडौं । धरान निवासी कवि तथा उपन्यासकार आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरू’ बजारमा आएको छ ।

धरानको परिवेशमा लेखिएको यथार्थवादी उपन्यासले मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ । मानिसको जीवनमा कल्पना नै गर्न नकिने विभिन्न मोडहरू आइरहेका हुन्छन् भन्ने दृष्टान्त उपन्यासमा पाइन्छ ।

वि. सं. २०३५ सालदेखि साहित्य लेखनमा सक्रिय स्रष्टा आशा लिम्बूको यस अघि ‘आशाका रङहरू’ कवितासङ्ग्रह र ‘मुक्त आशा’ मुक्तकसङ्ग्रह प्रकाशित भएका छन् ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘अकल्पित मोडहरू’ नेपालभर बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्