Logo
Logo

हमास-इजरायल युद्धकाे सय दिन पूरा, गाजामा २३,७०० जानको मृत्यु



एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ ।

हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि हमासविरुद्ध आक्रमण शुरु गरेको थियो । इजरायलले हमासको अन्त्य नभएसम्म आक्रमण नरोक्ने भन्दै आक्रमण गरिरहेको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा झन्डै १२ सय जनाको हत्या गर्नुको साथै दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये झन्डै सय जनालाई छाडिसकेको छ ।

इजरायलको आक्रमणबाट गाजामा २३ हजार सात सय जनाको ज्यान गएको छ । उनीहरूमध्ये कम्तीमा नौ हजार छ सय जना बालबालिका रहेका कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । गाजामा मारिनेमा छ हजार सात सय ५० जनाभन्दा धेरै महिला रहेका छन् ।

इजरायलको आक्रमणबाट उत्तरी गाजा तहसनहस भइसकेको छ । त्यहाँका २३ लाख मानिस सबैजसो विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्