Logo
Logo

एसियन कप: जापानको विजयी सुरुवात


819
Shares

दोहा । जापानले एसियन कप २०२३ मा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको समूह ‘डी’ को खेलमा जापानले भियतनामलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै जापान ३ अंक जोड्न सफल रह्यो ।

एक समय २–१ ले अगाडि रहेको भियतनामले त्यसलाई कायम राख्न सकेन र अभाग्यशाली सावित भयो । पहिलो हाफ जापानको पक्षमा ३–२ रहेको थियो ।

जापानले ११ औं मिनेटमा ताकुमि मिनामिनाको गोलले अग्रता लिएको थियो । त्यसयता भियतनामका लागि डाट नेगयुनले १६ र फाम तुन हाइले ३३ औं मिनेटमा गोल गरे ।

त्यसयता जापनका लागि मिनामिनो र केइतो नाकामुरानले पहिलो हाफको अन्त्यतिर गोल गरे । दोस्रो हाफको ८५ औं मिनेटमा आयसा युडाले आफ्नो टिमका लागि चौथो गोल गरे ।

प्रतिक्रिया दिनुहोस्