काठमाडौं । य–९ विश्वकप क्रिकेटमा नेपालले आज युजिल्यान्डसँग खेल्दै छ । नेपालले आज पहिलो खेल न्युजिल्याण्डसँग खेल्न लागको हो । खेल नेपाली समयअन्सार दिउँसो पौने २ बजे हुनेछ । यु–१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो ।
यसअघि यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीच दुई पटक खेल भएको थियो । दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा भएको थियो ।

यस्तै, आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोर्होयाउन अवसर रहेको छ । तर, त्यो सजिलो भने छैन । न्युजिल्यान्ड यू–१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ । सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्यान्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो ।
यसपटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको हो । न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड–१९ का कारण नाम फिर्ता लिएको थियो । जसका कारण उसले एशिया–प्यासिफिक क्वालिफायर मार्फत सन् २०२४ को विश्वकपमा स्थान बनायो । छनोटमा न्युजिल्यान्डले सबै ६ खेल जितेको थियो ।
गत महिना युएईमा भएको यू–१९ एसिया कप खेलेपछि दक्षिण अफ्रिका पुगेको नेपालले यसपटकको विश्वकपमा उत्कृष्ट खेल देखाउने विश्वास गरिएको छ । दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रह्यो । नेपालले स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई पराजित र्गया े। मंगलबार वेस्ट इन्डिजविरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो । टिममा सिनियर टिमको अनुभव भएका देव खनाल र गुल्सन झा हुनु नेपाली टिमको बलियो पक्ष हो ।
गुल्सनले नेपालको सिनियर टिमका लागि २४ एकदिवसीय र १४ टी(२० खेल खेलिसकेका छन् । जसमा उनले ३३ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । टी–२० मा १४६.८७ को स्ट्राइक रेट भएका गुल्सनले टिमलाई चाहिएको बेलामा ब्याटिङ गर्छन् । उनले स्कटल्यान्डविरुद्ध को अभ्यास खेलमा ३ विकेट लिँदा १५ रन खर्चिएका थिए, जुन खेलमा नेपाल विजयी भएको थियो ।
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।
न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन ।














