Logo
Logo

यू-१९ विश्वकप क्रिकेट : आज पाकिस्तानसँग खेल्दै नेपाल


315
Shares

काठमाडौं । यू–१९ विश्वकप क्रिकेट अन्तरगत आज नेपाल पाकिस्तानसँग खेल्दैछ । खेल इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

यू–१९ विश्वकप क्रिकेटमा यो नेपालको दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो ।
यसअघि यू–१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीनपटक खेल भएका छन । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जीत हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्