Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शरक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ आज एक पैसाले घटेको छ । एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ । 

यसअघि बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो । यसैगरी आज ११ पैसाले बढेको छ । बिहिबार युरो एकको खरिदमा १४४ रूपैयाँ ४९ पैसा र बिक्रीमा १४५ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।

बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको छ । 

यसैगरी कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ । 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५८ पैसा र भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्