काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध सानदार सुरुवात गरेको छ ।
टस हारेर पहिले बलिङ गरिरहेको नेपालले १० ओभरमा पाँच विकेट झारेर ३५ रन मात्रै दिएको छ । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे ।
यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए । त्यसपछि चन्दले ३ विकेट लिएपछि अफगानिस्तान धरापमा परेको छ ।
आकाशले ४ ओभार १ बलमा केवल ८ रन खर्चिएका छन् ।
अफगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।
आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औ स्थानका लागि भिड्ने छ ।