Logo
Logo

यू-१९ विश्वकप: देव खनालले पूरा गरे अर्धशतक, नेपाल जित नजिक



काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेलिरहेको छ । त्यसक्रममा नेपालका लागि कप्तान देव खनालले अर्धसतक पुरा गरेका छन् ।

१४६ रनको लक्ष्य पाएको नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर ११७ रन जोडेको छ । कप्तान देव खनाल ५८ रनमा खेल्दैछन् । नेपाललाई जीतका लागि अब १४ ओभरमा १९ रन चाहिएको छ ।

दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ । आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औँ स्थानका लागि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्