Logo
Logo

यू-१९ विश्वकप: अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा 



काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै नेपाल आईसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा पुगेको छ । 

आज दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो । 

टस हारेर नेपालले पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानले १४६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले  ४४ ओभर बलमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । 

नेपालको लागि कप्तान देव खनालले  अर्धशतक प्रहार गरे । उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे । त्यस्तै दीपक बोहोराले २७ , आकाश त्रिपाटीले १६, अर्जुन कुमालेले १०, दीपक डुम्रेले ५,   दीपेश कडेलले ४ विपिन रावलले २ रन बनाउँदा गुल्सन झा भने एक रनमा आउट भएका थिए ।  सुवास भण्डार ५  र तिलक भण्डारी शून्य रनमा नटआउट रहे ।

त्यसअघि नेपालको घातक बलिङमा अफगानिस्तानका ब्याटर केही पनि जम्न सकेका थिएनन् । ४० ओभर १ बलमा अलआउट भएको अफगानिस्तान १४५ रनमा सीमित बनेको थियो । 

अफगानिस्तानका लागि एएम गजन्फरले सार्वधिक ३७ रन बनाए । उनले ओभर २१ बलमा चार चौका तीन छक्का प्रहार गरेका थिए ।

कप्तान नसीर खान मोरफाखलले ८३ बलमा ३ चौका प्रहर गर्दै ३१ रन जोडे भने फरिदुन दाउदजई २९ र हसन इसाखिल २० रनमा आउट भए । अरु कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन् । फगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालको लागि आकाश चन्द एक्लैले ५ विकेट लिए । यस्तै गुल्शन झाले र तिलक भण्डारीले समान एक(एक विकेट लिए ।

अफगानिस्तानको लागि जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशको बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शून्यमा पेभेलियन फर्काएका थिए । 

यो जितसँगै नेपाल सुपर सिक्समा पुगेको छ । पराजित  अफगानिस्ता भने १३औँ स्थानका लागि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्