Logo
Logo

यू-१९ विश्वकप क्रिकेट : स्पिनर सुवास भण्डारीलाई आइसीसीको कारबाही



काठमाडौं । नेपालका स्पिनर सुवास भण्डारी अन्तर्रष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

आईसीसीले सुवास भण्डारीलाई एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसै कारण उनी कारबाहीमा परेका हुन् ।

एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । बिहीबार अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । अब नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्