Logo
Logo

यू-१९ विश्वकप : आज बंगलादेशको सामना गर्दै नेपाल


567
Shares

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ । पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै नेपालको सुपर सिक्समा प्रवेश पाएको हो ।

यस्तै, बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न प्रयासरत छ । नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । यू–१९ विश्वकपमा नेपालले तेस्रोपटक बंगलादेशको सामना गर्न लागेको हो ।

यसअघि नेपाल र बंगलादेशबीच दुईपटक प्रतिस्पर्धा भएको छ । जसमा एकमा नेपाल र एकमा बंगलादेश विजयी भएका थिए । नेपालले २००२ मा भएको यु–१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

उक्त च्याम्पियनसिपमा नेपाल फाइनलमा जिम्बाब्बेसँग १३७ रनले पराजित भएको थियो । नेपाल र बंगलादेशको दोस्रो भेट २०१६ मा भएको यु–१९ विश्वकपमा भएको थियो । उक्त खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसपछि आज नेपाल र बङ्गलादेशबीच भिडन्त हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्