Logo
Logo

पीएम कपः आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै


252
Shares

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा नेपाल पुलिस र लुम्बिनी प्रदेश तथा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

पुलिस र लुम्बिनी बीचको खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित मैदानमा हुनेछ । दुवै खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछन् ।

जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट २० अंकसहित पाँचौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ ।

त्यस्तै, अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । पुलिसले ७ खेलमा १४ अंक बटुलेको छ । लुम्बिनीले ८ खेलमा १ जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्