Logo

देशलाई रसायन होइन, अर्गानिक अर्थमन्त्री चाहिएको छ


Published On : 10 March, 2020

पाँच सातअघि नेकपाको केन्द्रीय कमिटी बैठक बस्यो । त्यसले नयाँ उत्साह दियो । तर, बैठकमा नेतृत्वले दुई सातामा पूरा गर्छु भनेका प्रतिबद्धता अझै पूरा भएनन् । यसले कार्यकर्ता तहमा फेरि निराशा पैदा गरेको देखिन्छ । यो स्थिति किन आयो ?

मुकुन्द न्यौपाने, स्थायी कमिटी सदस्य (नेकपा), प्रतिनिधिसभा सदस्य/पूर्वमन्त्री

ज्ञान, गति र कर्मको शक्तिबीचको समन्वयबाट जीवन चल्छ, पार्टी पनि त्यसैगरी चलाउनुपर्छ । जनता अर्थात गतिको शक्ति, कार्यकर्ता अर्थात कर्मको शक्ति र नेतृत्व अर्थात ज्ञान, मस्तिष्कको शक्तिबीच समन्वय हुन सक्यो भने मात्र परिणाम आउन सक्छ ।

कलकत्ता जान भनेर हिँडेको मान्छे ल्हासातिर लाग्यो भने कहाँ पुग्छ ? त्यसैले सबैभन्दा पहिले हाम्रो बाटोको पहिचान गर्नु जरुरी छ ।

हामीले संविधानमा समाजवाद लेख्यौँ । अहिले हाम्रो मुलुकको अर्थतन्त्र, हाम्रो संस्कृति, सामाजिक स्थिति, सामाजिक चेतना समाजवादको धरातलका लागि तयार छ कि छैन ? त्यो तयार कसले गर्ने ? तयार त माक्र्सवादीले गर्ने होला ।

वार्षिक साढे आठ खर्बको आयात भारतबाट मात्रै हुँदै आएको छ । २५ अर्बको त तरकारी र फलपूmल ल्याउछौँ । २५ अर्बको तरकारी र फलपूmल मात्रै होइन, तरकारी र फलपूmल हाम्रा घर आँगनमा बेच्न २५ हजार मान्छे पनि सँगै आउँछन् ।

बैठक उत्साहजन रूपमै सम्पन्न भयो । अधिकांश साथीले खुलेरै आफ्ना कुरा राख्नुभयो । दुई वर्षदेखि हाम्रा कदम मिलिरहेका थिएनन् । त्यसैले कदम मिलाएर हिँड्न सुरु गरिएको थियो । तर, पछिल्लो केही समयदेखि कोरोना भाइरसको संक्रमणको जोखिमका कारण केही प्रभाव परेको देखियो । मेरै कुरा गर्नु हुन्छ भने पनि, प्रदेशको भेला हुन सकेका छैनन् । पार्टी एकताको २२ महिनापछि महासंघ बन्यो । म इञ्चार्ज भएँ । प्रदेश प्रदेशमा भेला राख्ने भनियो । कोरोनाकै कारण कतिपय प्रदेशका भेला स्थगन गर्नुपर्ने अवस्था आयो । तर, यसैलाई बहाना बनाउन सकिने अवस्था भने छैन । केन्द्रीय कमिटीको स्पिरिटलाई अगाडि बढाउन सबैभन्दा पहिले केन्द्रीय नेतृत्व एकमना हुन जरुरी छ । त्यो भयो भने मात्र हात, खुट्टा र मस्तिष्क एकसाथ चल्न सक्छ । त्यसो भएन भने मस्तिष्क चल्दा खुट्टा चल्दैन । खुट्टा चल्दा हात चल्दैन । जसरी ज्ञान, गति र कर्मको शक्तिबीचको समन्वयबाट जीवन चल्छ, पार्टी पनि त्यसैगरी चलाउनुपर्छ । जनता अर्थात गतिको शक्ति, कार्यकर्ता अर्थात कर्मको शक्ति र नेतृत्व अर्थात ज्ञान, मस्तिष्कको शक्तिबीच समन्वय हुन सक्यो भने मात्र परिणाम आउन सक्छ । त्यसैले अहिले यी तीनै शक्तिलाई कसरी समन्वय गर्ने भन्ने पार्टी नेतृत्वले बुझ्नुपर्छ र सही कदम चाल्नुपर्छ । त्यसो हुन सक्यो भने मात्र पार्टी अघि बढ्छ । नभए, पार्टी अगाडि जान सक्दैन । गति घट्दै हुँदै जान्छ, निराशा बढ्दै जान्छ ।

अहिले जे जस्तो परिस्थितिको सामना गर्नु परे पनि यहाँले भनेजस्तो तीनवटै गति नसमात्ने र उही ठाउँमा बसिरहने हो भने त महाधिवेशन नै प्रभावित होला नि ?

हामीले सुधार्नुपर्ने, सच्याउनुपर्ने विषय धेरै छन् । त्यसअघि हामीले बुझ्नुपर्ने विषय पनि धेरै छन् । हामीले आफूलाई त माक्र्सवादी भनेर दावी गरेका छौँ । हामी साँच्चै माक्र्सवादी हौँ कि माक्र्सवादको सहारा हौँ ? यी दुई कुरामा भिन्नता छ । माक्र्सवादी कुनै पनि देशमा निकै थोरै हुन्छन् । माक्र्सवादी भनेको माक्र्सवादलाई नै बोकेर हिँड्ने हो । माक्र्सवादको सहारा भनेको त्यसलाई टेवा पु¥याउने हो । खुर्सानी अली बढी फल्यो भने त्यसमा टेको लगाउने चलन हुन्छ । हामी त्यस्तै टेको मात्रै हौँ कि साँच्चै माक्र्सवादी हौँ ? खुर्सानीको बोटै नफलाउने हो भने टेकोको आवश्यकता नै पर्दैन । त्यसैले यसमा स्पष्ट हुन जरुरी छ ।

नेकपा माक्र्सवादी पार्टी हो कि माक्र्सवादको टेको मात्र भन्ने अलमल अझै छ र ?

माक्र्सवादी मुखले भनेर मात्र भइने होइन । माक्र्सवादी भएर जाने हो भने सबैभन्दा पहिले हाम्रो देशको स्थितिको विश्लेषण गर्नुप¥यो । ठोस स्थितिको ठोस विश्लेषण भन्छ, माक्र्सवादी भाषामा । दोस्रो, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रा जनता, हाम्रा जाति र जातिभित्रका अन्तरविरोधहरू, जनताबीचका अन्तरविरोधहरू, जनता र हाम्रोबीचका अन्तरविरोधहरूलाई माक्र्सवादै आधारमा जस्ताको तस्तै केलाएर पाइला अगाडि कसरी चाल्ने भन्ने निक्र्यौल गर्नुपर्दछ । पहिलो पाइला नै रड्कियो भने दोस्रो, तेस्रो पाइला रड्किँदै जान्छ । कलकत्ता जान भनेर हिँडेको मान्छे ल्हासातिर लाग्यो भने कहाँ पुग्छ ? त्यसैले सबैभन्दा पहिले हाम्रो बाटोको पहिचान गर्नु जरुरी छ ।

यहाँको विचारमा पहिलो पाइला कहाँबाट सुरु गर्नुपर्ला त ?

हामीले संविधानमा समाजवाद लेख्यौँ । अहिले हाम्रो मुलुकको अर्थतन्त्र, हाम्रो संस्कृति, सामाजिक स्थिति, सामाजिक चेतना समाजवादको धरातलका लागि तयार छ कि छैन ? त्यो तयार कसले गर्ने ? तयार त माक्र्सवादीले गर्ने होला । त्यसैले मैले भनेको हामी सहारा हौँ कि माक्र्सवादी हौँ भनेको हो । सहारा हौँ भने कुन जगमा उभिएर अगाडि जान्छ ? होइन, हामी आफैँले गर्ने हो भने त्यो कुरा स्प्ष्ट हुनुपर्छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनले यसबारे केही बोल्दैन ?

त्यो त एउटा राजनीतिक प्रतिवेदन हो । यी सबै कुरा त्यसमा आउन सम्भव पनि थिएन । म अघिकै प्रसंग जोड्दै छु । अर्थतन्त्र कस्तो हुने, अहिलेको नीति र कार्यक्रम कस्तो हुने भन्ने तय गर्ने काम सरकारको हो । सरकारले आधार तयार गरिसकेपछि त्यसलाई अगाडि बढाउन जनतालाई गोलबन्द गर्ने, जनतालाई एकजुट गर्ने, शक्ति तयार पारेर सरकारलाई भरथेग गर्ने काम पार्टीको हुन्छ । तर, सबभन्दा पहिला त कहाँबाट हिँड्न सुरु गर्ने भन्ने कुरामा निक्र्यौल गर्नुप¥यो । समाजवाद कहाँबाट आउँछ ? पुँजीवाद नआई समाजवाद आउँदैन । पुँजीवाद समाजवादको शत्रु होइन । जुन देशमा पुँजीवाद चरमअवस्थामा पुग्यो र साम्राज्यवादको रूप धारण ग¥यो, त्यहाँ चैँ पुँजीवाद समाजवादको शत्रु हो । तर, जहाँ पुँजीवादको विकासै भएको छैन । पहिले हामीले त्यसलाई अर्धसामन्ती, अर्धऔपनिवेश भन्थ्यौँ, त्यस्ता अर्धसामन्ती खालका पुँजीवादको विकास नभएका मुलुकहरूमा पुँजीवादी क्रान्तिपछाडि नै समाजवादी क्रान्ति आउँछ ।

हामीले गर्नुपर्ने प्रमुख तीन काम छन् । पहिलो, उत्पादनमा वृद्धि । दोस्रो, उपभोक्ताको जीवनस्तरमा समृद्धि । तेस्रो, व्यापारमा विस्तार । अहिले हाम्रो उत्पादनको अवस्था कस्तो छ ? वार्षिक साढे आठ खर्बको आयात भारतबाट मात्रै हुँदै आएको छ । २५ अर्बको त तरकारी र फलपूmल ल्याउछौँ । २५ अर्बको तरकारी र फलपूmल मात्रै होइन, तरकारी र फलपूmल हाम्रा घर आँगनमा बेच्न २५ हजार मान्छे पनि सँगै आउँछन् । हामी कुनै एउटा पनि फलपूmलमा आत्मनिर्भर छैनौँ । एक अर्ब ४४ करोडको खुर्सानी आउँछ, वर्षमा । खुर्सानी जो आफैँले गमलामा फलाउन सकिन्छ । के आफैँ खाने खोर्सानी आफैँ उत्पादन गरौँ, आफू खाने तरकारी आफैँ उत्पादन गरौँ, आफू खाने फलपूmल आफैँ उत्पादन गरौँ भनेर के हामीले जनतालाई आह्वान गर्न सकेका छौँ ? योजना ल्याउन सकेका छौँ ? छैनौँ ।

समाजवादउन्मुख संविधान बनेपछि पनि उल्टो यात्रा हिँडियो भन्ने यहाँको बुझाइ छ । यति तपाईं आफैँ मन्त्री भएको भए कस्ता कार्यक्रम ल्याउनुहुन्थ्यो ?

हामी माक्र्सवादी हुँदा पहिला गाँस, बास र कपासका समस्या हल गरौँ भन्थ्यौँ । तर, अहिले हेर्नुस्, मेचीदेखि महाकालीसम्म पहाडका सबै बारी बाँझा छन् । तराईका उर्बर भूमि धमाधम प्लटिङ गरे सिध्याइँदैछ । हाम्रो सरदर ५० लाख जनशक्ति विदेशमा छ । श्रम नै गर्दैछ । उनीहरूलाई आफ्नै देशमा कृषि उत्पादनमा जोड्न सकेका छैनौँ । हामी अहिले वार्षिक ४० अर्बको चामल भारतबाट आयात गर्छौं । तर, आगामी पाँच वर्षभित्र कुनै पनि देशबाट एक दानो चाम ल्याउँदैनौँ, स्वदेशमै फलाउँछौँ । अन्नमा आत्मनिर्भर हुन्छौँ । तरकारीमा आत्मनिर्भर हुन्छौँ । विदेशबाट खुर्सानी आयात गर्दैनौँ । यही देशमा तोरी फलाउछौँ, विदेशबाट खानेतेल आयात गर्दैनौँ भनेर जनतालाइ आह्वान गर्नुपर्दछ । कृषि उत्पादन वृद्धिको जिम्मा ७५३ स्थानीय सरकारलाई जिम्मा दिने, केन्द्रीय सरकारले स्थानीय सरकारलाई अनुदान दिने र सातवटै प्रदेश सरकारले आआफ्नो प्रदेशमा रहेका स्थानीय सरकारका कामको अनुगमन गर्ने गर्नुपर्दछ । तोकिएको समयमा लक्ष्य पूरा नगर्ने स्थानीय तहको अनुदान रकम कटौती गर्दै जानुपर्दछ । त्यसो गरियो भने आत्मनिर्भर नहुने, लगानी गर्न नसक्ने, बजेट मात्रै खर्च गर्ने अयोग्यहरू पाखा लाग्दै जान्छन्, योग्य मान्छे जिम्मेवारीमा आउने अवस्था पनि बन्छ । यसैगरी प्रत्यक्ष जनतालाई परिचालन गरिने भएकाले भ्रष्टाचार पनि अन्त्य हुन्छ ।

कृषि उत्पादन वृद्धिको जिम्मा ७५३ स्थानीय सरकारलाई जिम्मा दिने, केन्द्रीय सरकारले स्थानीय सरकारलाई अनुदान दिने र सातवटै प्रदेश सरकारले आआफ्नो प्रदेशमा रहेका स्थानीय सरकारका कामको अनुगमन गर्ने गर्नुपर्दछ ।

पाँच वर्षभित्र हामी भारतबाट अन्न आयात गर्दैनौँ, दश वर्षभित्र फलपूmल आयात गर्दैनौँ भन्नुप¥यो । गाउँगाउँमा सहकारी बनाउने, खसी उत्पादन गर्ने, गाइभैसी पाल्ने दूध उत्पादन गर्ने, अदुवा, लसुन, प्याज सबै स्वदेशमै उत्पादन गर्ने र त्यसलाई बजारसम्म पु¥याउने काममा सरकारले विशेष ध्यान दिनुप¥यो ।

मैले बुद्धिजीवीलाई दुई भागमा बाँड्दै आएको छु । एउटा, रसायनिक अर्को अर्गानिक बुद्धिजीवी । रसायनिक बुद्धिजीवी शास्त्रमा आधारित हुन्छ । उसले शास्त्र मात्र बुझ्छ । व्यवहार बुझ्दैन । देश बुझ्दैन । जनता बुझ्दैन । आफ्नो देशको भूगोल बुझ्दैन । अर्गानिक बुद्धिजीवी व्यवहारबाट हुर्किएको हुन्छ । जनताबाट हुर्किएको हुन्छ । उसले राष्ट्रका समस्या बुझ्छ । जनताका समस्या बुझ्छ र ठोस अवस्थालाई बुझ्न सक्छ ।

यहाँले भनेजस्तो कृषिमा आत्मनिर्भर हुने प्रत्यक्ष कार्यक्रम सरकारले नल्याए पनि अहिले सरकारले पूर्वाधार विकासमा जोड दिइरहेको छ । त्यसो भए यो गलत छ ?

ठीक छ, बाटोघाटो, पूर्वाधार पनि अत्यावश्यक छ । तर, सबै ठाउँमा पिच गर्न बजेट पु¥याउन सक्नुहुन्छ ? पिचको योजना छैन । पुलको योजना छैन । भित्तामा वालको बजेट छैन । खाली डोजर लगाएर खुरुरु कुदाउँदा बर्खाभरी बाढीले बगाएर लान्छ । अनि, हाम्रो बाटो बगायो, यहाँ बजेट पठाइदिनुप¥यो भने नेताका धाउन थाल्छन् । मलाई नै पनि दिनमा दश वटा त्यस्ता फोन आउँछ । मैले बाटैबाट भन्ने कविता नै लेखेको छु । फेरि, डाँडाघरे भन्छ मेरो छेउबाट लैजाऊ, तल्लाघरे भन्छ, मेरो बारीबाट लैजाऊ । हिजो तीन दिन हिँड्ने नेपाली आज पाँच मिनेट हिँड्न सक्दैन । हरेकका आँगनबाटै बाटो जानुप¥यो । हलोको रेखाभन्दा बाटोको रेखा धेरै बनाउँदा के हुन्छ ? बाटो बन्छ ? बन्दैन । भेलबाढीले माटो बगाएर समुन्द्रमा लैजान्छ । त्यसैले पहिलो काम भनेको पाँच वर्षभित्र हामी भारतबाट अन्न आयात गर्दैनौँ, दश वर्षभित्र फलपूmल आयात गर्दैनौँ भन्नुप¥यो । गाउँगाउँमा सहकारी बनाउने, खसी उत्पादन गर्ने, गाइभैसी पाल्ने दूध उत्पादन गर्ने, अदुवा, लसुन, प्याज सबै स्वदेशमै उत्पादन गर्ने र त्यसलाई बजारसम्म पु¥याउने काममा सरकारले विशेष ध्यान दिनुप¥यो ।

पार्टीभित्र दक्षता, क्षमता भएका समाजवादी अर्थशास्त्री, अर्थविद् छैनन्जस्तो गरेर प्रधानमन्त्री बाहिरबाहिर अर्थमन्त्री खोज्दै हिँड्नुहुन्छ । त्यत्रो असन्तुष्टिका बाबजुद मरिहत्ते गरेरै पार्टीमा कुनै योगदान नरहेको युवराज खतिवडालाई सांसद नै नहुँदा पनि दोस्रोपटक अर्थमन्त्री बनाउनुभयो । पार्टीभित्र क्षमतावान मान्छे नभएरै हो त ?

म त्यतातिर धेरै जान चाहन्नँ । मैले चिनेका कुरा उहाँले चिन्नुपर्छ भन्ने होइन, उहाँले चिनेको कुरा मैले नचिनेको पनि हुन सक्छु । तर, सुरुदेखि नै मैले बुद्धिजीवीलाई दुई भागमा बाँड्दै आएको छु । एउटा, रसायनिक अर्को अर्गानिक बुद्धिजीवी । मैले लेखेकै छु । रसायनिक बुद्धिजीवी शास्त्रमा आधारित हुन्छ । उसले शास्त्र मात्र बुझ्छ । व्यवहार बुझ्दैन । देश बुझ्दैन । जनता बुझ्दैन । आफ्नो देशको भूगोल बुझ्दैन । अर्गानिक बुद्धिजीवी व्यवहारबाट हुर्किएको हुन्छ । जनताबाट हुर्किएको हुन्छ । उसले राष्ट्रका समस्या बुझ्छ । जनताका समस्या बुझ्छ र ठोस अवस्थालाई बुझ्न सक्छ । उसले नीति बनाउँदा वस्तुगत अवस्थामा आधारित हुन्छ । त्यसैले उसलाई जनताले स्वीकारेका हुन्छन् । रासायनिक बुद्धिजीवी शास्त्र त पढ्छ, तर व्यवहार पढ्दैन । सही गन्तव्यमा पुग्न सक्दैन । मैले पहिले पञ्चतन्त्रमा पढेको थिएँ, बनारसबाट पढेर आएका चारजना आचार्य घर फर्कंदै थिए । चौबाटोमा पुगेपछि कता जाने भन्ने अन्योलमा परे । एउटाले शास्त्र पल्टाउन सुझाब दियो । शास्त्रमा हेरे । ‘महाजनोयन गतस्य पन्थ’ अर्थात, धेरै मान्छे जता जान्छन्, त्यतै जानु भनेर लेखेको रहेछ । यसो हेरे मलामी लिएर एउटा ठूलो समूह आउँदै थियो । शास्त्रले देखाएको बाटो यही हो भन्ने ठानेर उनीहरू त्यतै गए । अन्तिममा मसानघाट पुगे । त्यहाँबाट अन्यत्र जाने बाटो थिएन । निराश भए । त्यहीँ धोवीको गधा चढ्दै रहेछ, फेरि शास्त्र पल्टाए । ‘राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धवः’ लेखिएको थियो । अर्थात्, राजाको दरबारअगाडि र मसानघाटमा भेटिनेहरू चैँ आफ्ना बाध्नव हुन्छन् भनेर बोधीको गधालाई कोही गला लगाउने, कोही के गर्ने गर्न थालेछन् । गधा कराएछ, धोवीले लखेटेछ । यो रसायनिक बुद्धिजीवीको उदाहरण हो । अर्गेनिक बुद्धिजीवी भनेको व्यवहारबाट हुर्किएको हुन्छ । उसको ज्ञान पनि व्यवहारिक हुन्छ । उसले व्यवहारबाटै ज्ञान प्राप्त गर्छ । त्यसलाई फेरि व्यवहारमै लागू गर्छ र त्यसलाई सिद्धान्तमा फर्काउँछ । यसरी निरन्तरको प्रयत्नबाट ऊ सही ज्ञानमा पुग्छ । ज्ञान प्राप्त गर्ने माक्र्सवादको योभन्दा अर्को तरिका छैन । त्यसैले हामीले देश बनाउने बुद्धिजीवी खोज्दा रसायनिक होइन, अर्गानिक बुद्धिजीवीहरू अलि बढी खोज्नुपर्छ । मैले यत्ति मात्रै बुझेको हो । अरु कसले के–के बुझे, त्यो उहाँहरूले नै जान्नेबुझ्ने कुरा हो ।

यहाँ २०२६/०२७ सालतिर देश बनाउन भनेर घर छाडेर हिँड्नुभयो । वर्षौंको संघर्षपछि नेकपालाई देश बनाउने यति ठूलो ऐतिहासिक अभिमत प्राप्त भयो । तर, अहिले जुन अवसर प्राप्त छ, त्यो सही ढंगले उपयोग हुन नसक्दा कस्तो महसुस हुन्छ ?

सरकारको सफलता, असफलता, हामीले प्राप्त गर्ने अवसर कति सदुपयोग हुने, नहुने भन्ने कुरा मूलतः हामीले लिने विचारमा निर्भर हुन्छ । ‘एक हन्डर खाए, सात बुद्धि आउँछ’ भनेर हाम्रा बाउबाजेले भन्थे । आजभोलि म सोच्छु, उहाँहरू हामीभन्दा धेरै सोच्ने र विचार गर्ने हुनु हुँदोरहेछ । छोराछोरीलाई उनीहरूले सम्झाए, एक ठक्कर खाए, सात बुद्धि आउँछ है बाबु भनेर । सात ठक्कर आएर पनि एउटा बुद्धि नआउने कतिपय साथीहरू म अहिले देख्छु । सात ठक्कर खाइसक्यो, एउटा बुद्धि आउँदैन भने त्यहाँनेर समस्या देखिन्छ । समाजवादको आधार तयार गर्ने कसरी भन्ने विषयमा नेकपाभित्र गम्भीर बहस र छलफल जरुरी छ । तर, केही–केही साथीहरूमा अहिले नै हामी समाजवादमा प्रवेश गरिसक्यौँ भन्ने बुझाइ देखिन्छ । त्यो ठूलो कच्चा खेल सावित हुनेछ । रुस कुन चरणमा पुगेको थियो ? स्टालिनले सन् १९४५ मा हतार गरेर साम्यवादको घोषणा गरे । त्यो न लेनिनको धारणासँग मिल्थ्यो । न, माक्र्सको धारणासँग मिल्थ्यो । स्टालिनका गल्तीहरूले रुस डुब्यो । तर, हामी स्टालिनका गल्तीलाई छोपेर महान् स्टालिन भनेर हिँडिरहेका छौँ । लेनिनले १९२१ मै युद्ध सामन्तवादलाई अन्त्य गरेर राजकीय पुँजीवाद भनेर घोषणा गरे । मैले आजभन्दा दश वर्षअघि एउटा पुस्तक लेखेँ, ‘श्रमजीवी वर्गका लागि समृद्धजीवन समाजवादको बाटो’ । म त्यसलाई सामाजिक पुँजीवाद भन्छु । अहिले पनि म समाजवादको चरणअगाडि नेपालमा सामाजिक पुँजीवादको बाटो पहिलो चरण हो भन्छु । त्यो सामाजिक पुँजीवाद भनेको समाजवादउन्मुख चरण हो । पुँजीवाद नभइ समाजवाद त आउँदैन । कसले गर्छ, त्यसको निर्माण भन्दा राष्ट्रिय पुँजीपति वर्ग र मध्यम पुँजीपति वर्गले त्यो पुँजी उत्पादन गर्छ । यदि त्यो वर्गलाई तपाइँ कमजोर गर्नुहुन्छ भने यहाँ समाजवाद अवरुद्ध गर्ने बाटो तपाईं समाउँदै हुनुहुन्छ । पश्चिमा मुलुकहरू खासगरी अमेरिका, युरोप र विश्व बैंक यो वर्गलाई कमजोर बनाउने र यसको सम्पत्ति ठूला धनाढ्यको खातामा सार्ने प्रयास गरिराखेको छ ।

तपाईंले हेर्नुहुन्छ भने दोस्रो विश्वयुद्धपछि सन् १९५१ देखि ७० को दशकसम्म मध्यमवर्ग माथि उठ्यो । त्यही बेला मध्यमस्तरका बैंकहरू खुले । विकास बैंक, ठूला सहकारी त्यही बेलामा खुले । १९८० पछि तिनीहरूमाथि हमला सुरु भयो । कसको इन्ट्रेस्टमा यो महला सुरु भएको छ ? आज दलाल नोकरशाही पुँजीवाद र कालोधन जम्मा गर्ने माफियाहरू नै समाजवादका विरोधी शक्ति हुन् । अनि हामी दलाल नोकरशाह पुँजीवादलाई बलियो बनाउने, माफियाहरूलाई प्रहार नगर्ने, कालोधन राष्ट्रियकरण गर्न तत्पर नगर्ने, गैरकानुनी सम्पत्तिहरू जफत गर्ने निर्णय नगर्ने र भएका निर्णय पनि कार्यान्वयन नगर्ने हो भने हामीले आफूलाई कसरी माक्र्सवादी भन्ने ? त्यसैले अघि भने हामी माक्र्सवादी कि माक्र्सवादीको सहारा हौँ । हामी अहिले बैंक मर्जर गरेर मझौला, मध्यमस्तरका बैंक जम्मै लगेर दलाल पुँजीपति वर्गको बैंकमा लगेर गाभिदिएर पुँजीजति उसको हातमा जम्मा गराइदिने काम गर्दैछौँ । अनि हामी कसरी माक्र्सवादी हुन सक्छौँ ? दलाल पुँजीपति वर्ग र नोकरशाही पुँजीपति वर्गले उत्पादन गरेको पुँजीले समाजवाद आउँदैन । यो कुरामा हामी स्पष्ट नभएसम्म हामीले यहाँ समाजवाद स्थापना गर्न सक्दैनौँ ।

यहाँ समाजवाद स्थापना गर्न के गर्नुपर्छ ?

यस विषयमा म चारवटा विषय राख्छु । पहिलो, राष्ट्रिय पुँजीपति वर्गको हित र संरक्षण गर्नुप¥यो । दोस्रो, मध्यम पुँजीपति वर्गको सुरक्षा र उत्थानम हुनुप¥यो । तेस्रो, खाद्यान्नसहित राष्ट्रिय उत्पादन र व्यापार विस्तारमा आत्मनिर्भर बन्नुप¥यो । चौथो, जनताको जीवनस्तरमा समृद्धि आउनुप¥यो । यति भयो भने मात्रै समाजवाद स्थापना गर्न सकिन्छ । साथै, अहिले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पनि पूरा हुन सक्छ । फेरि पनि भन्छु, मुलकुरा भनेको खाद्यान्न, लत्ताकपडा र आवासको ग्यारेन्टी जनतालाई दिएर जान सक्यौँ भने धेरै कुरा प्राप्त हुन सक्छ । यही देशमा कपास उत्पादन गर्न सक्छौँ । कांग्रेसले निजीकरणको नाममा सिध्याएका कारखाना फेरि सञ्चालन गर्न सक्छौँ । यो तरिकाले मात्रै हामी समाजवादको बाटोमा प्रवेश गर्न सक्छौँ । होइन, भने समाजवाद ख्याली पुलाव मात्रै हुन्छ । हामीले बुद्धि पु¥याएनौँ भने समाजवाद आउने कुरा धेरै गाह्रो र जटिल हुनेछ ।

सरकार, पार्टीले निर्धारण गरेको लक्ष्य पूरा गर्ने एउटा साधन मात्र हो । त्यो सरकार चलाइरहेको प्रधानमन्त्रीले सरकारलाई सफल बनाउन पार्टीभित्रका नेताहरूसँग कत्तिको छलफल गरेको पाउनुहुन्छ ? व्यक्तिगत रूपमा तपाईंको अनुभव के छ ?

प्रधानमन्त्रीजीको स्वास्थ्यको कारणले पनि धेरै भेटघाट हुँदैन । उहाँका सल्लाहकारहरूको भूमिका यहाँनेर आउँछ । एउटा राज्यको प्रमुखले राखेका सल्लाहकार भनेका राज्य सञ्चालनमा शासकलाई उचित सल्लाह दिन सक्ने, सत्य कुरा भन्न सक्ने, सही कुरा पत्ता लगाउन सक्ने हुनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले कस्ता सल्लाहकार छन् भनेर म उनीहरूको टिप्प्णी गर्न चाहन्न । दोस्रो के हो भन्दा, जस्तो महाभारतमा भन्छ्, ‘सन्तु प्यर्थ विनश्चन्ति देशकाल विरोधिन, अप्रज्ञान् मन्त्रिण प्राप्य तमो सूर्योदययथा’ अर्थात कुनै पनि शासकका सल्लाहकार भनेको अत्यन्त सत्य बोल्न सक्ने, सत्य ज्ञानको सच्चाइ प्राप्त गरेका त्यस्ता सल्लाहकार हुनुपर्छ । तर, त्यस्ता नभए र आफ्नो स्वार्थ पूरा गर्ने खालका सल्लाहकार भए भने त्यो शासन संकटतिर पर्दै जान्छ । बेलुकाको अस्ताउने बेलाको सूर्यजस्तो हुन्छ । यो त हाम्रा प्रधानमन्त्रीलाई धेरै थाहा छ । किनभने, उहाँ शास्त्र पढेको मान्छे । उहाँ शास्त्रको कुरा धेरै गर्नुहुन्छ । उहाँले विचार गरेरै सल्लाहकार राख्नुभएको होला । तर, तपाईं के बुझ्नुस्भन्दा सल्लाहकारले शासकलाई चित्तबुझ्छ कि बुझ्दैन भनेर हेर्ने भन्दा मैले के चैँ चित्तबुझ्ने कुरा खोजेर जाउँ भन्छ र सत्य बोल्दैन भने ऊ सल्लाहकार होइन, शासक डुबाउने मान्छे हो ।

समाजवादको आधार तयार गर्ने कसरी भन्ने विषयमा नेकपाभित्र गम्भीर बहस र छलफल जरुरी छ । तर, केही–केही साथीहरूमा अहिले नै हामी समाजवादमा प्रवेश गरिसक्यौँ भन्ने बुझाइ देखिन्छ । त्यो ठूलो कच्चा खेल सावित हुनेछ ।

दलाल नोकरशाह पुँजीवादलाई बलियो बनाउने, माफियाहरूलाई प्रहार नगर्ने, कालोधन राष्ट्रियकरण गर्न तत्पर नगर्ने, गैरकानुनी सम्पत्तिहरू जफत गर्ने निर्णय नगर्ने र भएका निर्णय पनि कार्यान्वयन नगर्ने हो भने हामीले आफूलाई कसरी माक्र्सवादी भन्ने ?

एउटा राज्यको प्रमुखले राखेका सल्लाहकार भनेका राज्य सञ्चालनमा शासकलाई उचित सल्लाह दिन सक्ने, सत्य कुरा भन्न सक्ने, सही कुरा पत्ता लगाउन सक्ने हुनुपर्छ भन्ने मेरो मान्यता हो । सल्लाहकारले शासकलाई चित्तबुझ्छ कि बुझ्दैन भनेर हेर्ने भन्दा मैले के चैँ चित्तबुझ्ने कुरा खोजेर जाउँ भन्छ र सत्य बोल्दैन भने ऊ सल्लाहकार होइन, शासक डुबाउने मान्छे हो ।

विश्व बैंकले अहिले एउटा नीति पास गरेको छ, जुन देशका सरकारले गरिबी घटाउने कार्यक्रम अगाडि ल्याउँछन्, ऋण उनीहरूलाई मात्रै दिने । त्यसरी ऋण दिन लक्षित समूह, सरकार र विश्व बैंकका प्रतिनिधि रहेको कमिटी बनाउने । तर, त्यसको अनुगमन र निर्णय गर्ने अधिकार विश्व बैंकलाई मात्र रहने भनेर एमसिसीजस्तै प्रावधान ल्याएको छ ।

सचिवालयको कुरा यहाँले उठाइहाल्नु भयो । केही अघि मन्त्रिपरिषद् पुनर्गठनको क्रममा बाहिरिएका मन्त्रीहरूले ६ महिनासम्म पनि प्रधानमन्त्रीलाई भेट्न पाइँदैनथ्यो । सचिवालयले भेट गर्न दिएन भन्ने गुनासो गरेको सुनियो । खासमा प्रधानमन्त्रीले नचाहेर यस्तो हुन्छ कि सचिवायले छेकेर ?

अब मान्छेहरूले अनेक कुरा भन्छन् । मैले चैँ सचिवालयका साथीहरूलाई मलाई भेटाइदिनुस् भनेर जोड गरेर भनेको छैन । करिब दुई महिनाअघि मैले प्रधानमन्त्रीजीलाई भेटेँ । दश मिनेटजति कुराकानी भयो । त्यसभन्दा अघि झन्डै एक वर्ष प्रधानमन्त्रीजीसँग मेरो भेट भएन । निष्कर्ष ननिस्कने भेट म गर्न चाहन्नँ । उहाँले मलाई भेट्नुभएन भन्ने मलाई धेरै पिर पनि छैन । फलानो आएन भन्ने उहाँलाई चिन्ता पनि छैन । हामी दुईवटै उस्तै–उस्तै मान्छे । दुईवटै एकैचोटी हिँडेका । मैले उहाँको सुस्वास्थ्यको कामना गरेको छु । ग्रेटवालको फोटो राखेर आफूसँगैको फोटो पोष्ट गरेको छु । त्यो ग्रेटवालको दरो पाइला बोकेर छिट्टै फर्कनुहोस् भनेर शुभकामना दिएको छु । यो फरक प्रसंग भयो । कस्ता सल्लाहकार चाहिन्छन् भन्नेबारे मेरो आफ्नै बुझाइ छ । प्रधानमन्त्रीलाई एउटा अर्थविद् चाहिन्छ । अर्गानिक अर्थविद, रसायनिक होइन । अर्को एउटा चाहिन्छ, नेपाल बुझेको, नेपालको इतिहास, नेपालको भूगोल र नेपाली जनताको मनोविज्ञान राम्रोसँग बुझेको अध्ययनशील । अर्को, कुशल कुटनीतिज्ञ चाहिन्छ । विदेश बुझेको, अमेरिका बुझ्ने, भारत बुझ्ने, चीन बुझ्ने, त्यसपछि अहिलेको विश्व परिस्थितिलाई बुझ्ने कुशलता भएको कुटनीतिज्ञ । यति भए भने प्रधानमन्त्रीले राम्रो काम गर्न सक्छ । सल्लाहकारको गलत सल्लाहको शिकार हुनु पर्दैन ।

आर्थिक क्षेत्रको सल्लाहकार अर्थक्षेत्र बुझेको चाहिन्छ भन्नुभयो । अर्थमन्त्रीलाई प्रधानमन्त्रीको सल्लाहकार नै मानिन्छ । उहाँको ज्ञानको दायरा निकै फराकिलो छ भन्नेमा प्रधानमन्त्री निकै विश्वस्त हुनुहुन्छ नि ?

विषयगत ज्ञानको मात्र कुरा भएन । प्रधानमन्त्रीलाई आर्थिक क्षेत्रको सल्लाह दिने व्यक्ति अमेरिका, नाटोले विश्वको आर्थिक क्षेत्रमा कस्ता कदम चाल्दैछ र विश्व बैंकलाई उनीहरूले कसरी चलाउँदैछन् भन्ने बुझेको मान्छे चाहिन्छ । तेस्रो विश्व बैंकजस्ता संस्था हामीजस्ता मुलुकमा कस्ता नीति लिएर आउँदैछ त्यो बुझ्ने खालको चाहिन्छ । तपाईंलाई सुनाउँ, विश्व बैंकले अहिले एउटा नीति पास गरेको छ, जुन देशका सरकारले गरिबी घटाउने कार्यक्रम अगाडि ल्याउँछन्, ऋण उनीहरूलाई मात्रै दिने । त्यसरी ऋण दिन लक्षित समूह, सरकार र विश्व बैंकका प्रतिनिधि रहेको कमिटी बनाउने । तर, त्यसको अनुगमन र निर्णय गर्ने अधिकार विश्व बैंकलाई मात्र रहने भनेर एमसिसीजस्तै प्रावधान ल्याएको छ । त्यो किन ल्याएको छ भने यहाँको राष्ट्रिय पुँजीपति वर्ग र मध्यम पुँजीपति वर्ग रहेसम्म हाम्रो बाहुल्यता रहँदैन भन्ने बुझाइ ब्रिटिश अमेरिकाको छ । भियतनमामा अमेरिका कसरी हा¥यो ? चीनमा कसरी हामी हा¥यौँ ? ब्रिटिस भारतबाट किन भाग्नुप¥यो भनेर विश्लेषण गर्दा यही मध्यमवर्ग नै राष्ट्रवादी छ । संख्या यही वर्गको ठूलो छ । त्यसैले यो मध्यम वर्गलाई पछार्न, उनीहरूको पैसा कब्जा गर्ने उद्देश्यले यस्ता नीति अगाडि ल्याइएको छ । पहिले पहिले पहाडतिर हुँदा दुईखाले लहरा देख्थ्यौँ । एउटामा फल लाग्थ्यो, टिपेर हामी खान्थ्यौँ । मीठै हुन्थ्यो । अर्को कुकुरडाइनो भन्ने लहरो हुन्थ्यो । त्यसले बेरेको बिरुवालाई छोड्दो पनि नछोड्ने । अलिअलि काँडा हुन्थ्यो समाउन पनि नसक्ने हुन्थ्यो । अहिले विश्व बैंकले मध्यमवर्गीलाई बेरेर कुकुरडाइनोजस्तो लहरो बनेर दपेड्दैछ । यो कुरा हाम्रो पार्टीले, सरकारले, यहाँका बुद्धिजीवीले, अर्थशास्त्रीले यो बुझ्न जरुरी छ । बुझिएन भने हाम्रो संकट निकट छ ।

प्रस्तुति : छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्