Logo
Logo

साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध


882
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् ।

फ्रान्सेली क्लब एना भान गेङगाङ्पले सावित्रालाई बाँकी र थप एक सिजन खेल्नका लागि अनुबन्ध गरेको हो । क्लबले भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको जानकारी दिएको छ । ​

सावित्रा क्लबसँग सम्झौता भएसँगै माघ १५ गते नै फ्रान्स प्रस्थान गरेकी थिइन् । सावित्रा अनुबन्धित एना भान गेङगाङ्प १२ खेलमा ८ अंक जोड्दै हाल तालिकाको १०औं स्थानमा छ ।

१२ टोली सहभागिता रहेको लिगमा पुछारको दुई टोली रेलिगेसनमा पर्ने प्रावधान रहेको छ । लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्