
काठमाडौं । आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
आजको खेलमा कप्तान देव खनालले टोलीमा ३ जना परिवर्तन गरेका छन् । ओपनर बिपिन रावल, ब्याटर आकाश त्रिपाठी र अलराउण्डर दिपक बोहराको स्थानमा ओपनिङ्ग ब्याटर दीपक बोहोरा, उत्तम थापा मगर र दिपक डुम्रे आएका छन् ।














