काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
नेपालले तेस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १९ रनमा रन आउट गरेको हो । चौथो रन लिनेक्रममा उनी रन आउट भएका थिए ।

दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए । उक्तक्रममा उनी रन आउट भए ।
टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ । भारतका आर्शिन कुलकर्णी २९ बलमा २ चौकासहित १८ रनमा नट आउट छन् । त्यस्तै आदर्श सिंह २८ बलमा २१ रन जोड्दै आउट भएका थिए ।
पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् ।
नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।














