Logo
Logo

क्यानडाविरुद्धको खेल तालिका सार्वजनिक


1.1k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ ।

टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ । खेल बिहान ९ः १५ बजेदेखि शुरु हुने छ । क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

जसमा रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
   

प्रतिक्रिया दिनुहोस्