Logo
Logo

प्रशासकीय अधिकृत अनन्तराज मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारी ठहर



काठमाडौं । रुपन्देहीको शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज मरासिनी र वडा नम्बर–७ का अध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष डा. खुसीप्रसाद थारु तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनी र यादवविरुद्धको कसुर ठहर हुने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ११ मा मरासिनी र यादवले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरिदिए वापत सेवाग्राहीबाट ५० हजार घुस मागी विनोद भरलाई बुझ्न लगाएको भन्दै मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा कसुर ठहर गरी मरासिनीलाई ५० हजार जरिबाना र तीन महिना कैद तथा वडाध्यक्ष यादव र भरलाई समान ४५ दिन कैद र २५ हजार जरिबाना हुने फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्