Logo
Logo

क्यानडाविरूद्ध आज दोस्रो खेल खेल्दै नेपाल



काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा नेपालले आज क्यानडाविरूद्धको दोस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा आजको खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो । आजको खेल जित्न सके नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्नेछ । अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले ६८ रन प्रहार गरेका थिए । अघिल्लो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

सन् २०१८ मा पहिलोपटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलिरहेको छ । नेपालका लागि एकदिवसीय खेलमा क्यानडा १३औं प्रतिद्वन्द्वी हो ।

रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन् ।

प्रतिक्रिया दिनुहोस्