Logo
Logo

पोखरामा भएको ह्विलचेयर दौडमा सुरेशकुमार गौली पहिलो


378
Shares

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपांगतातर्फका दौड भएका छन् । शनिबार भएको ह्विलचेयर पुरुषतर्फको दौडमा सुरेशकुमार गौली पहिलो भए ।

गौलीले निर्धारित १८०० मिटर दूरी ७ मिनेट ४१.३ सेकेन्डमा पार गरे । पुरुष ह्विलचेयरतर्फ दोस्रो भएका भरत अधिकारीले उक्त दूरी ७ मिनेट ५७.३ सेकेन्ड र तेस्रो भएका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेन्डमा पार गरे ।

यस्तै महिलातर्फको ह्विलचेयर दौड काठमाडौंकी ऐश्वर्यकुमारी कुमालले जिते । उनले १ हजार मिटरको दौड ४ मिनेट ९.८ सकेन्डमा पार गरे । यसैगरी महिलातर्फ काठमाडौंकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेट र पोखराकी अञ्जु बराल तेस्रो भए । उनले उक्त दूरी ६ मिनेट ४४.५ सेकेन्डमा पार गरे ।

विजेता ह्विलचेयर र दृष्टिविहीन महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः जनही नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे भने दृष्टिविहीन पहिलो, दोस्रो तथा तेस्रो र सान्त्वना भएका दृष्टिविहीन महिला/पुरुष खेलाडीहरुलाई सेतो छडी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्