Logo
Logo

हिमालयन रिइन्स्यारेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । हिमालयन रिइन्स्यारेन्य कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बैठकले ४ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले फागुन २० गते तेश्रो साधारण सभा बोलाएको छ । सोही सभाबाट ४ प्रतिशत बोनस सेयर पारित गर्ने र सो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित कुल ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतले हुने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ ।

सो साधारण सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको ८० प्रतिशतले हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्