Logo
Logo

माफी माग्दै हङ्गेरीका राष्ट्रपतिले दिए राजीनामा



एजेन्सी । हङ्गेरीका राष्ट्रपति क्याटलिन नोवाकले राजीनामा दिएका छन् । बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एक जनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

नोवाकले स्थानीय टेलिभिजनमार्फत पदबाट राजीनामाको घोषणा गरेको बीबीसीले जनाएको छ । गत साता मात्रै राष्ट्रपति नोवाकले बालबालिकामाथि यौन शोषण गरेका एक जना व्यक्तिको सजाय मिनाहा गरिदिएको घटना सार्वजनिक भएको थियो ।

राष्ट्रपतिको उक्त निर्णयविरुद्ध हङ्गेरीमा लगातार विरोध प्रदर्शन हुँदै आएको र प्रर्शनकारीले उनको राजीनामा माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्