Logo
Logo

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । देशभर भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृतयु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका ६ बहुअरीस्थित सडकमा ना२ ख ९८०३ नम्बरको बसमा चड्ने क्रममा लड्दा बसको पछािडको चक्काले किचेर सहचालक २५ वर्षीय अशोक मुखियाको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका १० पलासेस्थित सडकमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोकमा मोटरसाइकल र टिपर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको सुरूङगा नगरपालिका ४ कदमाहस्थित सडकमा गुडिरहेको मोटरसाइकल ट्रकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका–१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्