Logo
Logo

सडक विभागको क्यान्टिनमा आगलागी



काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो निभाएका छन् ।

काठमाडौँ र ललितपुर बारुण यन्त्र कार्यालयबाट गएका दमकलको सहयोगमा आगो निभाइएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा आएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्