Logo
Logo

डेढ करोड बराबरको हेरोइनसहित दुई जना पक्राउ



काठमाडौं । भारतको उत्तराखण्ड स्पेसल टास्क फोर्स (एसटीएफ) र प्रहरीले अन्तर्राष्ट्रिय बजारमा एक करोड भारतीय रुपैयाँ बराबरको हेरोइनसहित रुद्रपुर सहरबाट दुई जनलाई पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १ केजी बराबरको सो हेरोइन नेपाल पठाउने तयारी गरिएको थियो ।

नेपाल–भारत सीमामा ठुलो मात्रामा लागूऔषधको कारोबार हुन लागेको सूचनाको गोप्य सूचनाको आधारमा एसटीएफ र खातिमा प्रहरीले संयुक्त अपरेसन चलाएको थियो । भान खाण्डी महादेव मन्दिर नजिकैबाट शंकास्पद दुई जनालाई पक्राउ गर्दा उनीहरूको साथबाट १ केजी हेरोइन बरामद गरिएको थियो ।

सोधपुछका दौरान उनीहरूले बरेलीबाट आएको र सो हेरोइन नेपालका लागूऔषध तस्करलाई बुझाउन लागेको खुलाएका थिए । पक्राउ पर्ने दुई जना सागिर अहमद र बाबु रहेका छन् । उनीहरू दुवै उत्तर प्रदेशको बरेलीस्थित अलिगञ्जका बासिन्दा हुन् ।
दुई जनाले नेपालका लागूऔषध तस्करसँग खातिमामा भेट्ने योजना भएका थिए ।

प्रहरीले उनीहरूलाई हेरोइन दिने डिलरको बारेमा सोधपुछ गरिरहेको बताएको छ । उनीहरूले लामो समयदेखि उत्तराखण्ड, नेपाल र उत्तर प्रदेशमा हेरोइन सप्लाई गर्दै आएको पनि खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्