Logo
Logo

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल



काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले राममाया बुढा (एथलेटिक्स) र सुष्मा तामाङ (बक्सिङ) लाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । खनालकै कप्तानमा नेपाली टोली आठ वर्षपछि आईसीसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको थियो । देवको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।

उनले पाँच खेलको तीन पालीमा ६५ माथिको औसतमा कुल एक सय ९७ रन बनाएका थिए । उनले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा एक सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल भएका थिए । उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्