Logo
Logo

पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनले अपूरणीय क्षति : सभापति देउवा


630
Shares

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बूढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

आज झापास्थित बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले विकास निर्माण, सङ्गठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा उहाँले निर्वाह गरेको भूमिका सधैँ स्मरणीय रहने बताए ।

सभापति देउवतासँगै अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाललगायतले बुढाथोकीको व्यक्तित्व, नेतृत्वका साथै पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहँदा गर्नुभएको योगदानको स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्