Logo
Logo

विश्व कीर्तिमानी धावक केल्भिनको कार दुर्घटनामा मृत्यु


567
Shares

काठमाडौं । विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा आइतनबार राति स्थानीय समयअनुसार ११ बजे भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका एक जनालाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको त्यहाँको प्रहरीको भनाई छ ।

सन् २०२३ बाट पुरुष म्याराथनमा केल्भिनको उदय भएको थियो । गत अक्टोबरमा उनले सिकागोमा आयोजित प्रतियोगितामा इलुड किपचोगेको विश्व कीर्तिमान भङ्ग गरेका थिए । उनले ४२ किलोमिटरको म्याराथन २ घण्टा ३५ सेकेन्डमा पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्