
भोजपुर । भोजपुरमा १० दिने सह–योग शिक्षक प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । महिला पतञ्जलि योग समितिको आयोजना तथा भोजपुर नगरपालिकाको व्यवस्थापनमा माघ २० गतेबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
त्यसैगरी भोलिदेखी फाल्गुण २६ गतेसम्म प्रशिक्षार्थीको लागि ओजेटी कक्षा सञ्चालन हुने आयोजक समितिका प्रभारी उर्मिला श्रेष्ठले जानकारी दिए ।
तालिममा योगले मानिसलाई हुने शारीरिक र मानसिक स्वास्थ्यता, शारीरिक आसन, योग आसन, योगका फाइदा बेफाइदा लगायत योग सँग सम्बन्धित ज्ञानहरू प्रदान गरेको योग प्रशिक्षक लक्ष्मी प्रसाद काफ्लेले बताए ।
आज भएको समापन कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले सह–योग शिक्षक प्रशिक्षणमा सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै स्वस्थ मानव जीवनका लागी योग आवश्यक रहेको बताए । साथै उनले योगलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी जीवनपयोगी शिक्षाको रुपमा विकास गर्नुपर्ने आवश्यक औल्याए ।
भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रशिक्षक लक्ष्मि प्रसाद काफ्ले, पतंजली योग समितिका अध्यक्ष तोरण कार्की, भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जय बहादुर तामाङ लगायत तालिममा सहभागीहरुको उपस्थिती रहेको थियो ।














