Logo
Logo

अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्यलाई मुगु सरुवा



काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा विवादित आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।

बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएपछि विवादित बनेका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुगु जिल्ला अदालतमा सरुवा गरेका हुन् ।

आचार्य केही महिनाअघि मात्र सरुवा भएर काठमाडौं जिल्ला अदालत आएका थिए । तर, अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीलाई समय सीमा नै तोकेर छाड्न आदेश दिएको भन्दै आचार्य विवादित बनेका थिए । न्यायाधीश आचार्यको आदेशपछि बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीन जना ६ दिनमै छुटेका थिए ।

सामान्यतया प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने भए पनि चौधरीसहित तीन जनालाई अनावश्यकरूपमा हिरासतमा राख्न नहुने ठहर गर्दै आचार्यले समय सीमा तोकेर छाड्न आदेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्