Logo
Logo

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : सांसद देव



काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गर्न सुझाव दिएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकताको महसुस गरेकाले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

गठबन्धनको राजनीति र यसले बढाएको भ्रष्टाचार नियन्त्रणमा विकल्पमा रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै रहेको उनको भनाइ छ । एउटाले काम गर्दा अर्काेले खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्