Logo
Logo

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य



काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय तेस्रो खेलमा क्यानडाले जितका नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।

क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज यसअघि नै दुई खेल जित्दै नेपालले आफ्नो पक्षमा पारिसकेको छ । नेपालले आजको खेल जितेमा सिरिज क्लिनस्विप गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्