Logo
Logo

कांग्रेसबाट धोका भयो: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, ‘कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।’

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रका उम्मेदवार पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्