Logo
Logo

क्यानडाविरुद्धको सिरिजमा नेपालले गर्यो क्लीन स्वीप, अनिल र भीमको शतक


2k
Shares

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपालले क्लिन स्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदामानमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपलले क्यानडालाई नौ विकेटले पराजित गर्दै नेपालले क्लीन स्वीप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले एक विटेकको क्षतिमा भेट्टायो ।

नेपाललाई सानदार जित दिलाउन ओपनर अनिलकुमार साह र भीम सार्कीको शतक प्रहार गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो । अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे । कुशल भुर्तेल १३ रनमा आउट भएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्