Logo
Logo

समन्वय समितिको भूमिका प्रभावकारी हुनुुपर्नेमा जोड


441
Shares

गण्डकी । जिल्ला समन्वय समिति महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज यहाँ आयोजित गण्डकी प्रदेश भेलामा जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ ।

जिल्ला समन्वय समितिका लागि संविधानले दिएका अधिकारको कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउनुुपर्ने बताउँदै वक्ताहरूले त्यसका लागि आवश्यक कार्यविधि एवं कानुन निर्माण हुनुपर्ने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्राप्त अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वय गर्दै अघि बढ्न आग्रह गरे ।

पूर्वसचिव रेश्मीराज पाण्डेले संविधानले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै काम गर्न सकेमा जिल्ला समन्वय समितिप्रतिको आकर्षण र विश्वास बढेर जाने बताए ।

जिल्ला समन्वय महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानत ः निर्दिष्ट अधिकारको कार्यान्वयनका लागि कार्यविधि बनाउन आग्रह गरे ।

त्यस अवसरमा जिल्ला समन्वय समिति महासङ्घका उपमहासचिव दीपक गौतम, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुुमार थापा, नवलपुरका उपप्रमुख सकुन्तला लम्साल, स्याङ्जाका उपप्रमुख खड्गराज सुुुवेदीले जिल्ला समन्वय समितिको औचित्य पुष्टि हुने गरी काम गर्नुुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्