Logo
Logo

विधान सम्मेलनअघि माओवादीकाे पदाधिकारी बैठक बस्दै


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको जानकारी दिए । उनका अनुसार बैठकमा आजैबाट सुरु हुने मस्यौदा विधान परिमार्जनको विषयमा छलफल हुने भएको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले जानकारी दिए ।

पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्